कुलमान नभएको मौकामा कार्यकक्ष बनाएर प्राधिकरण छिरे ऊर्जामन्त्री « Khabarhub

कुलमान नभएको मौकामा कार्यकक्ष बनाएर प्राधिकरण छिरे ऊर्जामन्त्री


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा कार्यकक्ष बनाएर छिरेका छन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ काठमाडौं उपत्यकाबाहिर भएका बेलमा ऊर्जामन्त्री खड्का दलबलसहित कार्यकक्ष बनाएर छिरेका हुन् ।

कुलमान यतिबेला दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको पुनर्निर्माणकार्यको अनुगमनका लागि पुगेका छन् । गत असोज १० देखि १२ गतेसम्म तामाकोशीमा आएको बाढीले उक्त आयोजनामा क्षति भएको थियो । तामाकोशीको क्षतिग्रस्त आयोजना पुननिर्माण चलिरहेका बेला कुलमान दोलखा पुगेको मौकामा खड्का प्राधिकरण छिरेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ यतिबेला काठमाडौंबाहिर छन् । कुलमानसँग डेडिकेटेड तथा ट्रंकलाइन विवाद रहेका बेला खड्काले प्राधिकरणको अध्यक्षको हैसियतामा कार्यकक्ष बनाएर बसेका हुन् ।

उनले त्यसका लागि रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा रातारात रङरोगन गर्न लगाएर आफ्नो कार्यकक्ष बनाउन लगाएका थिए ।

रङरोगन गरेर नसुकिसकेको कार्यकक्षमा खड्काले कुर्सी, सोफासहितका सामग्री व्यवस्थापन गर्न लगाएका थिए । खड्कालाई प्राधिकरणका उपनिर्देशक मनोज सिलवालसहितले स्वागत गरे ।

खड्काले प्राधिकरणको अध्यक्षका रुपमा कार्यकक्ष बनाउन लगाएको बताए । प्राधिकरणमा आउँदा कार्यकक्ष नभएपछि बनाउन लगाएको पनि खड्काले जिकिर गरेका छन् ।

मन्त्री खड्का नै विवादमा 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कहिले स्पष्टीकरण सोध्ने त कहिले मन्त्रिपरिषद्‌बाट आदेश दिन लगाइरहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का स्वयम्‌ विवादित छन्‌ ।

विवाद पनि यस्तो कि उनको विभागीय मन्त्री पदसँगै जोडिएको छ । तर यसबारे उनी र प्रधानमन्त्री ओलीले मौनता साँधिरहेका छन्‌ ।

खड्काले यतिखेर स्वार्थ बाझिने मन्त्रालय सम्हालिरहेका छन्‌ । उनले ऊर्जामन्त्रीको कुर्सीमा रहिरहँदा उनै प्रवर्द्धित रसुवा भोटेकोशी आयोजना (१२० मेगावाट) निर्माणाधीन छ ।

मन्त्री खड्काकै लगानीमा मेन्छियाम जलविद्युत कम्पनीले माथिल्लो पिलुवा खोला जलविद्युत आयोजना बनाएको छ । यतिसम्म कि, खड्काले यसअघि लकइन पिरियड नै नसकिएका आयोजनाको ५० प्रतिशत संस्थापक शेयर बिक्री गर्न विद्युत नियमावली नै फेरबदल प्रयास गरेका थिए । तर, उनको लबिइङले काम गरेको थिएन ।

लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा हडप्ने प्रकरणमा पनि मन्त्री खड्का विवादित छन्‌ । तर, आफ्नो पार्टी सरकारमा र आफैँ मन्त्री भएका कारण उनीमाथि अनुसन्धान तहकिकात समेत हुन सकेको छैन ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : २८ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल