संकटतिर विराटनगर, दुई ब्याटर शून्यमै आउट « Khabarhub

संकटतिर विराटनगर, दुई ब्याटर शून्यमै आउट


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सलाई चौथो झट्का लागेको छ ।

विराटनगरले चौथो विकेटका रुपमा निकोलश निकोलस किर्टोनलाई शून्यमै गुमाएको हो । यसअघि तेस्रो विकेटका रुपमा राजेश पुलामी मगरलाई १० बलमा ४ रन बनाएको क्याच आउट भए ।

निकोलश र राजेशलाई लुम्बिनका साद बिन जफरले लगातर आउट गराएका हुन् । जफरले  ९ ओभरको तेस्रो  बलमा राजेश र चौथो बलमा निकोशललाई आउट गरेका हुन् ।

त्यसपहिले दोस्रो विकेटका रुपमा न्युजिल्यान्डका ओपनर ब्याटरसमेत रहेका विराटनरका मार्टिन गप्टिललाई दुर्गेश गुप्ताले बोल्ड आउट गरे ।

मार्टिनले १७ बलमा २८ रन जोड्न ६ चौका प्रहार गरेका थिए । त्यसअघि विराटनगरले पहिलो विकेटका रुपमा पहिलो ओभरको अन्तिम बलमै ओपनर इस्मत आलमलाई गुमाएको थियो । ३ बल खर्चेका उनले खाता खोल्नै सकेनन् ।

अहिले क्रिजमा ओपनर लोकश बम र राजेश पुलामी मगर छन् । लोकश टिमलाई जीत उन्मुख गराउन प्रसारत छन् । उनले २७ बलमा ३८ रन जोडेका छन् ।

विराटनगर अहिले १० ओभरमा ४ विकेट गुमाउँदै ७३ रन बनाएर खेलिरहेको छ । लगातार विकेट गएपछि विराटनगर लुम्बिनीको चुनौती पछ्याउने क्रममा धर्मराउन पुगेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : ३६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना