संकटतिर विराटनगर, दुई ब्याटर शून्यमै आउट « Khabarhub

संकटतिर विराटनगर, दुई ब्याटर शून्यमै आउट


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सलाई चौथो झट्का लागेको छ ।

विराटनगरले चौथो विकेटका रुपमा निकोलश निकोलस किर्टोनलाई शून्यमै गुमाएको हो । यसअघि तेस्रो विकेटका रुपमा राजेश पुलामी मगरलाई १० बलमा ४ रन बनाएको क्याच आउट भए ।

निकोलश र राजेशलाई लुम्बिनका साद बिन जफरले लगातर आउट गराएका हुन् । जफरले  ९ ओभरको तेस्रो  बलमा राजेश र चौथो बलमा निकोशललाई आउट गरेका हुन् ।

त्यसपहिले दोस्रो विकेटका रुपमा न्युजिल्यान्डका ओपनर ब्याटरसमेत रहेका विराटनरका मार्टिन गप्टिललाई दुर्गेश गुप्ताले बोल्ड आउट गरे ।

मार्टिनले १७ बलमा २८ रन जोड्न ६ चौका प्रहार गरेका थिए । त्यसअघि विराटनगरले पहिलो विकेटका रुपमा पहिलो ओभरको अन्तिम बलमै ओपनर इस्मत आलमलाई गुमाएको थियो । ३ बल खर्चेका उनले खाता खोल्नै सकेनन् ।

अहिले क्रिजमा ओपनर लोकश बम र राजेश पुलामी मगर छन् । लोकश टिमलाई जीत उन्मुख गराउन प्रसारत छन् । उनले २७ बलमा ३८ रन जोडेका छन् ।

विराटनगर अहिले १० ओभरमा ४ विकेट गुमाउँदै ७३ रन बनाएर खेलिरहेको छ । लगातार विकेट गएपछि विराटनगर लुम्बिनीको चुनौती पछ्याउने क्रममा धर्मराउन पुगेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : ३६ बजे

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस