विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विनाशको चपेटाबाट बच्न विकासको ढाँचा बदल्नुपर्ने बताएका छन् ।

नगर विकास कोषद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘भूकम्प प्रभावित क्षेत्रका प्राविधिकलाई भवन संहितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभाबी विकासको ढाँचा बदल्न नसकिए विपत्तिको चपेटामा परिने बताए।

उनले भने, ‘अहिले भइरहेको विकासको ढाँचा बदल्न आवश्यक छ । जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने चलन चिन्ताको विषय हो ।’

सडक बनाउने नाममा अहिले भइरहेका यस्ता खालका गतिविधि रोक्न प्राविधिकको नै विशेष भूमिका हुने मुख्यमन्त्री कँडेलले बताए।

विकासको आवश्यकताभन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको ढाँचाले धेरै गाउँ बस्ती जोखिममा परेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिले जहाँ भन्छन् त्यही जमिन भत्काउने कामलाई निरुत्साहित गर्न प्राविधिकलाई सुझाव दिए।

उनले भने, ‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो । यसलाई दीर्घकालीन र जोखिमरहित बनाउन यहाँहरूकै भूमिका रहन्छ ।’

सबै तहका सरकारसँग चाहिए जति रकम नभए पनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले भने, ‘हामीसँग चाहिएको जति पैसा त छैन तर भइरहेको बजेटबाट पनि प्राथमिकता र आवश्यकतामाथि धेरै ध्यान पुगेको देखिन्न ।’

कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेकाले यहाँ बन्ने संरचना अरूभन्दा जोखिमरहित बनाउनेतर्फ प्राविधिकले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि जाजरकोट र रुकुम पश्चिमका ३० इन्जिनियर सहभागी रहेका कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले जानकारी दिए।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ५ : २० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको