छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । करेन्ट लागेर हेटौँडा उपमहानगरपालिका–११ गोल्पीङटार निवासी ५८ वर्षीय मन्ताज मियाँको मृत्यु भएको छ ।

आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा सडकभन्दा पारिबाट फलामको रड घरतर्फ ल्याउने क्रममा घर नजिकै रहेको ११ हजार भोल्ट करेन्ट भएको तारमा फलामको रडले छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका मियाँको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

यस्तै हेटौँडा–सिन्धुली–धरान सडकखण्डअन्तर्गत हेटौँडास्थित खोल्सामा यात्रुवाहक बस खसेर दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा५ख ६६५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट देखि करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

खोल्सामा बस खसेको सूचना पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले  घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडास्थित सहकारी अस्पताल पठाइएको उनले बताए ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित भिआइपी चोकमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ५३४४ नम्बरको बसले बा९२प ३०५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ पेन्चे निवासी २७ वर्षीय अमर थिङ र पछाडि सवार २१ वर्षीय नवीन तितुङ घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घाइते दुवैको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : १३ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी