गाजाबाट ५१ प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार « Khabarhub

गाजाबाट ५१ प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धको बीचमा गाजा पट्टीबाट कम्तिमा ५१ प्यालेस्टाइनी महिलालाई गिरफ्तार गरेको दुई प्यालेस्टाइन समूहले बताएको छ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले संयुक्त विज्ञप्तिमा ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका धेरै आफन्त रहेको उनीहरूले बताए ।

गाजाबाट महिला बन्दीहरूको वास्तविक संख्या बढी रहेको समेत बताए, तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्यांक रहेको बताए  ।

विज्ञप्तिमा भनिएको छ कि महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको थियो र गाजाका सबै बन्दीहरू जस्तै ‘दुःखद परिस्थिति’ मा हिरासतमा राखिएको थियो।

इजरायलले मानवअधिकार संगठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे जान्नबाट रोकेको र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा पहुँच पनि अस्वीकार गरेको बताएको छ।

इजरायली जेल प्रशासनले भने त्यहाँ केवल ६६१ जना गाजा बन्दी रहेको खुलासा गरेको छ र तिनीहरूलाई गैरकानूनी लडाकु भनेर दर्जा दिइएको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ४० बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत