भारतले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने « Khabarhub

भारतले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने जनाएका हुन ।

सामाजिक सञ्जाल एक्स मार्फत जयशङ्करले नेपाली क्रिकेट टोलीका पदाधिकारी तथा सदस्यसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको भन्दै नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने बताएका हुन ।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, क्रिकेट टोलीका कप्तान रोहीत पौडेल सहित क्यानका पदाधिकारी र खेलाडीसँग जयशङ्करले भेट गरेका थिए । उक्त भेटलाई लिएर क्यानका सचिव खड्काले खुसी व्यक्त गरेका छन् ।

नेपालले यसैवर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्दैछ । विश्वकपको पूर्वसन्ध्यामा जयशङ्करले क्रिकेट टोलीलाई सहयोग गर्ने बताएका हुन ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ११ : ५९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल