ताइवानले जापानलाई ६ करोड येन सहयोग गर्ने | Khabarhub Khabarhub

ताइवानले जापानलाई ६ करोड येन सहयोग गर्ने


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

ताइवान– जापानमा गएको भुकम्पको पुनर्निमाणका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ ।

ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने भएका हुन् ।

ताइवानका विदेशमन्त्री जोसेफ वुले बिहीबार उक्त प्रतिज्ञाको घोषणा गरेका छन । उनका अनुसार जापानको भुकम्प आपतकाल पनि आपतकाल हो भन्ने निष्कर्षमा ताइवान रहेको पनि जनाए ।

उनले भूकम्पबाट प्रभावितहरू यथाशीघ्र आफ्नो सामान्य जीवनमा फर्किने विश्वास व्यक्त गरेका छन भने प्रकोपबाट प्रभावितहरूलाई प्रोत्साहित गर्नु पर्ने उनको भनाइ छ ।

ताइवानका स्वास्थ्य अधिकारीहरूले शुक्रबारदेखि जनवरी १९ सम्म त्यहाँका जनताले बैंक, हुलाक कार्यालय र सुविधा स्टोरहरूमा पैसा दान गर्न सक्ने सुविधा बनाएको बताए । यसरी जम्मा भएको कोष कहाँ पठाउने भनेर निर्णय गर्न उनीहरूले जापानी अधिकारीहरूसँग परामर्श गर्ने बताएका छन्।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १२ : १८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित