मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई सञ्चालक पक्राउ « Khabarhub

मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई सञ्चालक पक्राउ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौंकाे मिलनचोक बस्ने ३१ वर्षीय अर्जन श्रेष्ठ भन्ने अर्जुन सुनार र सोलुखुम्बु घर भई जोरपाटी बस्ने ३५ वर्षीय शेखर भन्ने शेरबहादुर राई रहेका छन्

दुवैले अलास्का ट्राभल्सको सञ्चालक रहेको बताउँदै बेरोजगार युवाहरूलाई रसियामा रहेको होटलमा आकर्षक तलब हुन्छ, त्यसका लागि  ६ लाख रुपैयाँ लाग्छ भनी प्रलोभन देखाएर मानव तस्करी गरेको प्रहरीले जनाएको छ । उनीहरुले शंकर कार्की, राजन राई र विकास राईबाट ६ लाख रुपैयाँ लिई रसिया पठाएको र रसिया पुगेपश्चात् रिसिभ गर्ने व्यक्तिलाई थप ८०० डलर दिन शंकर कार्कीलाई बाध्य बनाएको प्रहरीले जनाएको छ । पछि रसिया पुगेका कार्कीलाई दलालले होटेलमा काम छैन, तपाईहरु सेनामा भर्ती हुन आउनुभएको हो, तालिम गर्नुपर्छ भनेपछि उनी स्वेदश फर्केर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएका थिए ।

उनले एसएलसी मात्र पास गरेको र सबै नक्कली कागजात समेत ट्राभल्सबालाले नै बनाइदिइएकाले आवश्यक कारबाही गरी पाउँ भनी  आफूसँग भएको प्रमाण सहित जाहेरी दिएकोमा रसिया पठाइ मानव तस्करी कार्यमा संलग्न रहेको आरोपमा अलस्का ट्राभल्सका सञ्चालक दुबैलाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले बिहीबार माइतीघर र थापागाउँबाट पक्राउ गरेको हो ।

उनीहरूलाई  मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । राजन राई र विकास राईलाई रसिया आर्मीमा भर्ना गरिएकोबारे नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ३४ बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’