स्वास्थ्य मन्त्रालयको बजेट कटौतीले धेरै काम गर्न सकिएन : मन्त्री बस्नेत « Khabarhub

स्वास्थ्य मन्त्रालयको बजेट कटौतीले धेरै काम गर्न सकिएन : मन्त्री बस्नेत


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको बजेट कटौती गरिएकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न नसकिएको गुनासो गरेका छन् ।

शुक्रबार विराटनगरमा नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्दै मन्त्री बस्नेतले उपलब्ध स्रोत साधनका बाबजुद पनि स्वास्थ्य क्षेत्रको सुधारका काम गरिरहेको बताए।

उनले स्थानीय तहहरूले १० प्रतिशत मात्र बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याएमा जनतालाई स्वास्थ्य सेवा दिन सहज हुने उनले बताए । उनले तीन तहको सरकारले स्वास्थ्य संस्था चलाउने प्रावधानका कारण स्वास्थ्य क्षेत्रमा अन्योल देखिएको तर्क गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरूले प्रत्येक पालिकामा बनाउने भनिएको अस्पताल बजेट अभावमा अझै निर्माण हुन नसकेको र पर्याप्त जनशक्ति समेत नभएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ३१ बजे

एसीसी प्रिमियर कप फाइनल भिडन्त: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई