३२ जना आप्रवासीको अपहरणपछि आपराधिक गिरोहले फिरौती मागे : मेक्सिकन राष्ट्रपति ओब्राडोर « Khabarhub

३२ जना आप्रवासीको अपहरणपछि आपराधिक गिरोहले फिरौती मागे : मेक्सिकन राष्ट्रपति ओब्राडोर


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी- उत्तरी मेक्सिकोमा उद्धार गरिएका ३२ आप्रवासी अपहरण गर्ने गिरोहले संयुक्त राज्य अमेरिकामा रहेका अपहरितका आफन्तसँग रकम असुल्न खोजेको मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले शुक्रबार बताएका छन् ।

मेक्सिकोको तमाउलिपास राज्य हुँदै अमेरिकी सीमासम्म बसमा यात्रा गर्ने क्रममा शनिबार ती आप्रवासीको अपहरण गरिएको थियो । अपहरण र फिरौतीको धम्कीका कारण मेक्सिकोका धेरै राजमार्गहरू खतरनाक मार्ग मानिन्छन् ।

“अपहरणकारीले बसका चालक र मेक्सिकोका यात्रुलाई रिहा गरेका छन्”, राष्ट्रपति लोपेज ओब्राडोरले बिहानको नियमित भेटघाटका क्रममा भने, “अपहरणकारीले खोजी अभियानको एक भागको रूपमा अधिकारीहरू तैनाथ गरिएको थाहा पाएपछि उनीहरूलाई रिहा गर्ने निर्णय गरेका थिए ।”

“अनुसन्धान जारी छ,” उनले भने, “अहिलेका लागि उनीहरूलाई ‘सुरक्षित र स्वस्थ’ जीवितै रिहा गरिएकोमा खुशी मनाऔँ ।” मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्युटले बिहीबार अबेर राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मेक्सिकोले आप्रवासीहरूलाई मानवीय आधारमा भिसा प्रदान गर्नेछ र उनीहरूलाई सार्वजनिक सेवाहरूमा पहुँच प्रदान गर्नेछ ।”

तमाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले मिलिनियो टेलिभिजनलाई दिएको जानकारीअनुसार अपहरणमा परेकामध्ये एक वर्षीय बालकसहित नौ जना बालबालिका रहेका छन् । उद्धार गरिएकामध्ये अधिकांश भेनेजुएलाका र केही होन्डुरसका नागरिक रहेको उनले बताए । यसअघि अधिकारीहरूले यो सङ्ख्या ३१ रहेको बताएका थिए ।

राष्ट्रपतिका प्रवक्ता जिसस रामिरेजले उपचार गराइरहेको र टेडी बियर समातेको बच्चासहितको तस्बिर ती आप्रवासीले सार्वजनिक गरेका जानकारी दिए । सरकारी अधिकारीले चालकलाई उद्धृत गर्दै यसअघि बताएअनुसार बसलाई पाँचवटा गाडीले रोकेको र भेनेजुएला, कोलम्बिया, होन्डुरस, इक्वेडरलगायतका मुलुकका आप्रवासीलाई लगेका थिए ।

बस छिमेकी राज्य नुएभो लियोनको मोन्टेरी शहरबाट छुटेको थियो र टेक्सासको ब्राउन्सभिलबाट सीमापारी माटामोरोसतर्फ गइरहेको थियो । मेक्सिको पार गर्ने आप्रवासीहरूले सामना गर्नु परिरहेको मुख्य खतराहरूमध्ये आपराधिक गिरोहहरूद्वारा हुने अपहरण, सडक यातायात दुर्घटना र सुरक्षा बलहरूद्वारा फिरौतीसहित अन्य खतराहरू हुन् ।

हालैका हप्ताहरूमा आप्रवासन बढ्दै जाँदा हरेक दिन १० हजारको हाराहारीमा आप्रवासीहरूले सीमा पार गर्ने गरेको रिपोर्ट अमेरिकी सीमा प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ४२ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी