जलवायु परिवर्तनको असर घटाउन एकीकृत प्रयास आवश्यक : मन्त्री गुरुङ « Khabarhub

जलवायु परिवर्तनको असर घटाउन एकीकृत प्रयास आवश्यक : मन्त्री गुरुङ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भीर हुनुपर्ने बताएकी छन् ।

वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पुर्याएको उल्लेख गर्दै भनिन्, “सबै क्षेत्रले एकीकृत र समन्वयात्मक रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्छ ।”

मन्त्री गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायुका ठूला असरको सामना गरिरहनुपरेको उल्लेख गर्दै जलवायुजन्य हानिनोक्सानी कोषबाट लाभ लिनका आवश्यक तथ्याङ्क र अध्ययन–अनुसन्धानमा जोड दिइन् ।

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले कोप–२८ मा नेपालले उठाएका मुद्दाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सफल भएको बताइन् । “आगामी कोप सम्मेलनका लागि पनि समयमै तयारीका साथ प्रस्तुत हुन्छौँ”, उनले जलवायु वित्तबाट प्राप्त अनुदान विभिन्न कानुनी प्रक्रियाका कारण सम्बन्धित शीर्षकमा खर्च हुन नसकेकोे चिन्ता व्यक्त गर्दै खर्च गर्न सक्ने कानुन र संयन्त्रको आवश्यकतामा जोड दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायुविज्ञ पपुलर जेन्टलले जलवायु वित्तमा पहुँचका लागि आवाज उठाउनुपर्ने सुझाव दिइन् । उनले सम्मेलनका लागि अन्तिम समयमा मात्र नभई वर्षभरि नै तयारीमा लागिरहनुपर्ने बताइन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : ५५ बजे

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा