बौडेश्वर मन्दिर परिसर निर्माण गरिने | Khabarhub Khabarhub

बौडेश्वर मन्दिर परिसर निर्माण गरिने


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन् ।

ती दुई नगरपालिकाले संयुक्त रुपमा एक करोड ९९ लाख ९६ हजार आठ सय ४४ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

धार्मिक पर्यटनमार्फत तारकेश्वर र टोखा नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ दुई नगरपालिकाको सिमानामा रहेको बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि लगानी गर्न लागेका हुन् ।

उक्त मन्दिर परिसरलाई संयुक्तरुपमा निर्माण गर्नका लागि आइतबार दुई नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र टोखा नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरे ।

दुवै नगरपालिकाबाट एक–एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिँढी निर्माण तथा पञ्चमीको दिन नुहाउनको लागि स्नान कुण्डलगायतका भौतिक संरचना निर्माण गरिनेछ ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले दुई नगरपालिकाबीच एकीकृतरूपमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ बौडेश्वर मन्दिर परिसरमा आवश्यक संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।

झोरस्थित श्रीकृष्ण बौडेश्वर मन्दिरमा वैकुण्ठ चतुर्दशी अवसर मेला लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा विकास भएको उक्त मन्दिरमा हरेक वर्षको कात्तिक शुक्ल चतुर्दशीका दिन श्रद्धालुले पारिवारिक सुख एवं सन्तान प्राप्तिको लागि दीपदान गर्ने गर्छन् ।

बौडेश्वर मन्दिर परिसरमा झरनासमेत रहेकाले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक त्यस क्षेत्रमा जाने गरेका छन् । कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, तारकेश्वर तथा टोखाका विभिन्न वडाका जनप्रतिनिधि एवं कर्मचारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ४० बजे

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’