संसद्मा सशक्त भूमिका निर्वाह गर्न एमालेको निर्देशन « Khabarhub

संसद्मा सशक्त भूमिका निर्वाह गर्न एमालेको निर्देशन


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको संसदीय दलले सङ्घीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदलाई निर्देशन दिएको छ ।

एमाले सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको जानकारी दिए । उनले चालु अधिवेधनको बैठकहरुमा विगतमा भन्दा अझ सशक्त र प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिने बताए ।

दलको बैठकले संसद अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको छ ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन आज अपराह्न ४ बजेदेखि सुरु हुँदैछ ।

यस्तै बैठकले युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिई अप्ठ्यारोमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : १५ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०