मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान « Khabarhub

मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी रिक्त २३ स्थानमा निर्वाचन हुने भएकाले यसअघि नाम छुटेका वा उमेर पुगेका नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

२०७९ साल वैशाख १० गते स्थानीय तह र २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी २३ पद रिक्त रहेको आयोगले जनाएको छ ।

आयोगले रिक्त पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी भइरहेको जनाएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही दिनबाट नाम दर्ता गर्ने कार्य स्थगित हुने भएकाले सो अघि नै नाम दर्ता गर्न आयोगको आग्रह छ ।

आयोगले नागरिकको सहजताका लागि बाहिरी जिल्लाबाट पनि नामावली दर्ता गर्न सकिने सुविधा उपलब्ध गराएको जनाएको छ ।

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : ४५ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो