काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् ।
खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।
खेलमा जनकपुरले तेस्रो विकेट गुमाएको छ। खेलको ६ ओभर ४ बलमा अनिल साह आउट भए ।
नन्दन यादवको बलमा गुलशन झाबाट क्याच आउट हुनुअघि उनले १६ बलमा ११ रन बनाए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन तयार पार्यो ।
कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । २९ बलको समना गरेका उनले चार छक्का प्रहार गरे ।
त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन बनाए । उनले तीन छक्का प्रहार गरे ।
जनकपुरका हर्मित सिंहले ३, राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए ।














प्रतिक्रिया