प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु « Khabarhub

प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सोमबारबाट काठमाडौंमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहेको छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने राखेपले जनाएको छ ।

प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी छन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । प्रतियोगिता मंगलबार समापन हुने राखेपले जानकारी दिएको छ । 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १ : ४७ बजे

आजको मौसम पूर्वानुमान : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै : के छन् एजेन्डा ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

इन्टर मिलानलाई इटालियन कपको उपाधि

काठमाडौँ – लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले

विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा

रायपुर – विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स