शेखरलाई कार्यकर्ताको प्रश्न- हाम्रै साथी काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउँने? « Khabarhub

शेखरलाई कार्यकर्ताको प्रश्न- हाम्रै साथी काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउँने?


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरूले गुनासै-गुनासाका पोका थुपारेका छन् ।

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिंड्न नसक्ने चेतावनी दिए ।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?- एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन्।

सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरू राखेका थिए ।

भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरूले नेताहरूलाई सुझाव दिए ।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबको कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ५५ बजे

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक