सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धि मुद्दामा सफाइ « Khabarhub

सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धि मुद्दामा सफाइ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ ।

अदालतले आलोचकहरूले खराब नियतले सामसुङको तेस्रो पुस्तामा लीलाई स्थापित गर्ने उद्देश्यबाट गरिएको भनी दावी गरेको एकीकरण (मर्जर) को माध्यमबाट ‘शेयरधारक’हरूलाई हानी पुर्‍याउने मनसायलाई मान्यता नदिएको ठहर गरेको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतको फैसलामा ‘लीको नियन्त्रणलाई बलियो बनाउनु र उनको उत्तराधिकार सुनिश्चित गर्नु मर्जरको एकमात्र उद्देश्य नभएको’ ठहर गरिएको छ । 

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको फैसलाले सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरमा शेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचारलगायत विभिन्न आरोपबाट लीलाई सफाइ दिएको हो ।

आलोचकहरूले सन् २०१५ को अधिग्रहणले जानीजानी निर्माण फर्मको शेयर मूल्यलाई कम मूल्याङ्कन गरेको यसको शेयरधारकहरूलाई अनुचित रूपमा प्रभावित पारेको दावी गरेका थिए । 

उच्चस्तरीय जालसाजी र अनियमितताको मुद्दामा जेल सजाय भुक्तान गरिसकेका ली सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्ष छन् ।
योनहापको एक रिपोर्टका अनुसार यस सम्झौतामा सामसुङको सी एण्ड टीको तीन वटा शेयर बजारिकरण शेयरको लागि प्रस्ताव गरिएको थियो ।

अभियोजन पक्षले नोभेम्बरमा आफ्नो अन्तिम बहसमा कम्पनीहरूको शेयर विभाजन प्रक्रियामा समूह प्रमुखको सहज उत्तराधिकारको लागि ‘केही अवैध कार्यहरू अवलम्बन गरिएको उल्लेख गरिएको थियो । 

एक पर्यवेक्षकले एएफपीसँग कुरा गर्दै लीलाई ‘फ्रि पास’ दिइएको भन्दै अदालतले उहाँलाई सफाइ दिएकोमा आफूहरू स्तब्ध भएको बताउनुभएको छ । 

नागरिक समूह ‘सिटिजन्स कोलिशन फर इकोनोमिक जस्टिस’का निर्देशक ओह से–ह्युङले भने, ‘अदालतले लीविरुद्ध केही प्रमाणहरू उचित प्रक्रिया बिना नै संकलन गरिएको आधारमा आफ्नो निर्णयलाई आधार बनाएको देखिन्छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ०९ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द