सडक दुर्घटनामा धेरै मानवीय क्षति | Khabarhub Khabarhub

सडक दुर्घटनामा धेरै मानवीय क्षति


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सडक दुर्घटनामा हुने मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै छ । आर्थिक वर्ष २०८०-८१ का बितेका छ महिनामा मधेसमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका थिए ।

सो अवधिमा भएका साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधिमा सडक दुर्घटनामा परी महोत्तरीका ३१ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न स्थानमा भएका दुई सय ६५ वटा सडक दुर्घटनामा अङ्गभङ्ग भई घाइते हुने तीन सय २५ पुगेकामा ८४ जना त सख्त घाइते भई अझै सकसपूर्ण अवस्थामा रहेका महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले बताए ।

सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा बढीजसो ३० वर्ष मुनिका युवा रहेका र तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेका उनको भनाइ थियो । सवारीसाधन चलाउने दक्षता र सोसम्बन्धी अनुमतिपत्र बेगर नै मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ । 

विशेषगरी युवा उमेरका मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेर द्रुतगतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढी भएका देखिएको प्रमुख भट्टराईको भनाइ थियो । 

‘हामीले निरन्तर जाँच गर्ने, कारबाही गरी जरिवाना तिराउने र अन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’, उनले भने, ‘तर दुर्घटना न्यूनीकरण भएका छैनन् ।’ जाडो याममा बाटो नदेखिने गरी लाग्ने बाक्लो हुस्सु पनि दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरीको भनाइ थियो । महोत्तरीमा बितेका छ महिनामा कूल २३ हजार तीन सय ४८ सवारीसाधन कारबाहीमा परेकामा सबैभन्दा बढी १२ हजार पाँच सय २८ मोटरसाइकल परेका थिए । 

यसैगरी चार हजार आठ सय २८ कार तथा जिप र चार हजार ९८ ट्रक कारबाहीमा परेकामा तिनबाट रु एक करोड ९१ लाख, ९६ हजार पाँच सय जरिवाना असुल गरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : २७ बजे

बाँकेमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

बाँके– राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै सडकमा ना.५ ख ३६१०

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी छ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण

तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता

क्वेट्टा- पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा

मुलुकमा १८ अर्बको काठजन्य सामग्री आयात

काठमाडौं– मुलुकमा १८ अर्बको काठ र काठजन्य सामग्री आयात भएको

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

काठमाडौं– पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७००