आगलागीमा परी मुगुमा दाजु-बहिनीको मृत्यु « Khabarhub

आगलागीमा परी मुगुमा दाजु-बहिनीको मृत्यु


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ। खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए।

लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो।

शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शवको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ। लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए। लालु कामका लागि भारत छन्।

लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ। उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन्।

घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : १४ बजे

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

विवरण अद्यावधिक नगरे फार्मासिस्टले सिफारिस पत्र नपाउने

काठमाडौं– नेपाल फार्मेसी परिषद् (एनपीसी) ले दर्तावाला फार्मासिस्ट तथा फार्मेसी

बालेन दार्चुला पुग्दा स्थानीयको उत्साह (तस्बिरहरू)

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन्

सेवा प्रदायक संस्थाको पुरानो खर्च मापदण्ड खारेज गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय 

काठमाडौं– नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत