म्यान्माको सीमा क्षेत्रमा भएको झडपमा बङ्गलादेशमा दुईको मृत्यु « Khabarhub

म्यान्माको सीमा क्षेत्रमा भएको झडपमा बङ्गलादेशमा दुईको मृत्यु


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द्वन्द्वका क्रममा सोमबार म्यान्माबाट प्रहार गरिएको मोर्टार गोला सीमापार बङ्गलादेशको एउटा गाउँमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ । 

सन् २०२१ को सैन्य विद्रोहपछि विद्रोही अराकान सेना (एए) ले ठूलो स्तरको युद्धविराम भङ्ग गरेसँगै बङ्गलादेशसँगको दुई सय ७० किलोमिटरको सीमा नजिकै म्यान्माका केही भागमा नोभेम्बरपछि लगातार झडपहरू भएका छन् ।

स्थानीय प्रहरी प्रमुख अब्दुल मन्नानले भने, ‘दिउँसो करिब सवा दुई बजे (स्थानीय समय) जलपाइतोली गाउँमा गोलीबारीमा दुई जना मारिएका छन् ।’ प्रहरीका अनुसार ४८ वर्षीया बङ्गलादेशी महिला होस्ने आरा र एक अज्ञात जातीय रोहिङ्ग्या व्यक्तिको हत्या भएको हो । 

‘उहाँ भान्छामा बस्नुभएको बेला एउटा मोर्टार त्यहाँ खस्यो’, आराकी बुहारीले आफ्नो नाम बताउन निकै विचलित हुँदै भने, ‘आफ्नो खेतमा काम गर्न राखिएका रोहिङ्ग्यालाई दिवा भोजन पस्किँदै गर्दा उहाँमाथि आक्रमण भएको हो ।’

बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले आइतबार छिमेकी म्यान्माको अशान्त रखाइन राज्यका सीमा प्रहरी अधिकारीहरू एए लडाकू अगाडि बढ्नुअघि ‘आत्मरक्षाका लागि हाम्रो क्षेत्रमा प्रवेश गरेका छन्’ भनेका थिए । मुलुकको सीमावर्ती बल बोर्डर गार्ड बङ्गलादेशका एक प्रवक्ताले एएफपीलाई भने, ‘म्यान्माका कम्तीमा ९५ सीमा अधिकारीले सीमा पार गरेर बङ्गलादेशका सीमा चौकीहरूमा शरण लिइसकेका छन् ।’    

सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा उसका चिकित्सकहरूले आइतबार ‘बङ्गलादेश-म्यान्मा सीमामा भएको लडाइँपछि’ १७ जना बिरामी प्राप्त गरेको बताएको छ । ‘सबै बिरामीलाई गोली लागेको छ, दुई जनाको अवस्था जोखिममा रहेको भेटियो र अन्य पाँच जना गम्भीर घाइते थिए ।’

अक्टोबरमा एए विद्रोही तथा अन्य जातीय अल्पसङ्ख्यक लडाकूहरूसहितको गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापारिक केन्द्रमाथि कब्जा गर्यो । गत महिना गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको थियो तर लडाइँ जारी भएको बङ्गलादेशी र भारतीय सीमा नजिकैका क्षेत्रहरूमा उक्त युद्धविराम लागू हुँदैन ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : १२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित