चीनमा राष्ट्रपति सी र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै « Khabarhub

चीनमा राष्ट्रपति सी र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा राष्ट्रपति सी जिन्पिङ र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै गएको पाइएको छ ।

केही समयअघि चिनियाँ राजनीतिक अभियन्ता चाइ सोङले सार्वजनिक स्थलमा सी र कम्युनिष्ट पार्टीविरोधी नारा लेखिएको नारा प्रदर्शन गरेका थिए । कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको दोस्रो सम्मेलनअघि उनले सी र पार्टीविरोधी नारा प्रदर्शन गरेका हुन् ।

उनले शान्डोङ प्रान्तको जिनानमा रहेको वाण्डा प्लाजामा यस्तो नारा प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

२९ वर्षे चाइले ‘कम्युनिष्ट पार्टीलाई सत्ताच्युत गरौँ, सी जिन्पिङलाई सत्ताच्युत गरौँ’ लेखिएको नारा प्रदर्शन गरेका हुन् ।

लामो समयसम्म कसले उक्त नारा प्रदर्शन गरेको थियो भन्ने पत्ता लाग्न नसकेको जनाइएको छ । यद्यपि हाल उनी चीन छाडेर अमेरिका पुगिसकेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : ४० बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं