चीनमा राष्ट्रपति सी र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै « Khabarhub

चीनमा राष्ट्रपति सी र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा राष्ट्रपति सी जिन्पिङ र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै गएको पाइएको छ ।

केही समयअघि चिनियाँ राजनीतिक अभियन्ता चाइ सोङले सार्वजनिक स्थलमा सी र कम्युनिष्ट पार्टीविरोधी नारा लेखिएको नारा प्रदर्शन गरेका थिए । कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको दोस्रो सम्मेलनअघि उनले सी र पार्टीविरोधी नारा प्रदर्शन गरेका हुन् ।

उनले शान्डोङ प्रान्तको जिनानमा रहेको वाण्डा प्लाजामा यस्तो नारा प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

२९ वर्षे चाइले ‘कम्युनिष्ट पार्टीलाई सत्ताच्युत गरौँ, सी जिन्पिङलाई सत्ताच्युत गरौँ’ लेखिएको नारा प्रदर्शन गरेका हुन् ।

लामो समयसम्म कसले उक्त नारा प्रदर्शन गरेको थियो भन्ने पत्ता लाग्न नसकेको जनाइएको छ । यद्यपि हाल उनी चीन छाडेर अमेरिका पुगिसकेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : ४० बजे

भू–राजनीतिक तनावबीच ब्रिक्स सम्मेलनमा सहकार्यको खोजी

नयाँ दिल्ली- चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो ।

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००