आज २०८० साल फागुन २२ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन २२ गते मंगलबारको राशिफल


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २२ गते मंगलबार तदनुसार सन् २०२४ मार्च ५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। समाज र देशको भलाइ गर्ने समय छ। आजको लगानीले उन्नती हुनेछ। धार्मिक यात्रा हुने योग छ। व्यापारमा फाइदा हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

वृष : दिन राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सम्मान गर्न नजान्दा सामाजिक क्षेत्रको आलोचना सहनुपर्ने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। लगानीको क्षेत्रबाट आम्दानी हुनेछ। अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ। गणेशको पूजा गर्दा फाइदा हुनेछ। पुरानो रोगले सताउने जोखिम देखिन्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवनमा साथ र सहयोग मिल्नेछ।

सिंह : दिन राम्रो छ। लगानीको क्षेत्रबाट सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा टकराब देखिए मौन रहनु फाइदा हुनेछ।

कन्या : आजको दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आलश्य त्याग्नु राम्रो हुन्छ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : समय सामान्य छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। बन्धु सकारात्मक छन्। आफूले आफूलाई नचिन्दा समाजमा अपमान सहनुपर्ने हुनसक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु : दिन राम्रो छ। आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ। दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

मकर : समय सामान्य छ। मेहनतको फल नमिल्न सक्छ। मानिसलाई खुशी बनाउन नसक्ने दिन छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। आर्थिक लाभ हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमय रहने छ।

मीन : दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। अनावश्यक खर्च बढ्नेछ। परिवारमा खटपटी हुनेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ०२ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न