धेरै रोगको एउटै उपचार पद्धति लेजर थेरापी | Khabarhub Khabarhub

धेरै रोगको एउटै उपचार पद्धति लेजर थेरापी


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मानिसको उमेरसँगै हड्डी खिइने, नशा च्यापिने जस्ता समस्या देखा पर्दछन्। यस्ता रोगको विकिरणका माध्यमद्वारा उपचार गर्ने पद्धति लेजर थेरापी हो। लेजर थेरापीबाट नशा च्यापिने, हड्डी खिइने, गर्धन, कुम, ढाड, घुँडा एवम् कुइनाको समस्या जस्ता चार सय किसिमका रोगको उपचार गर्न सकिने चिकित्सक बताउछन्। लेजर थेरापी भनेको कस्तो उपचार पद्धति हो ? यो कुन कुन रोगको उपचारका लागि उपयागी हुन्छ ? यो अरू उपचार विधि भन्दा कसरी फरक छ ? यो उपचार पद्धति कत्तिको खर्चिलो छ ? यी र यस्तै विषयमा नेपालकै पहिलो लेजर थेरापी विशेषज्ञ डा. सुशीला वैद्यसँगको कुराकानी :

लेजर थेरापी कस्तो उपचार विधि हो ?
लेजर थेरापी फिजियो थेरापी विधिको एउटा वैकल्पिक उपचार पद्धति हो। अरू थेरापीले काम नगरेपछि लेजर विकिरणको माध्यमबाट उपचार गरिन्छ। यो विधिबाट उपचार गरेपछि विभिन्न कारणले बिग्रेका कोशिका निरोगी हुन्छन्। जसले फेरि त्यही रोग लाग्नबाट बचाउँछ।

यो कुन कुन रोगका लागि उपयोगी हुन्छ ?
यो धेरै रोगको उपचारका लागि उपयोगी मानिन्छ। हामीले पढ्दा चार सय बढी रोगको उपचारका लागि यो विधि उपयोगी हुन्छ भन्ने थियो। लेजर थेरापीबाट विशेष गरेर नशा च्यपिने, हड्डी खिइने, गर्धन, कुम, ढाड, घुँडा एंवम् कुइनाको समस्या जस्ता रोगको उपचार हुन्छ। लेजर थेरापीमा लेजर मेसिनबाट निस्किएको विकिरणलाई धेरै गुणा बढाएर एउटै धेरै ठाउँमा पर्ने गरेर गहिराइसम्म पुगेर सेक्ने काम हुन्छ। लेजर थेरापीले विभिन्न रोगबाट बिग्रिएका तन्तुलाई पनि बनाउने काम गर्छ।

अरु प्रविधिले उपचार गर्दा छालाको बाहिरी भागको मात्र उपचार हुन्छ भने लेजर थेरापी यस्तो विकिरण हो जसले छालाको माध्यमबाट शरीरभित्र छिरेर काम गर्छ।

नेपालमा यो विधिप्रति आकर्षण कत्तिको छ ?
नेपालमा यो थेरापी भित्रिएको २४ वर्ष भयो। मैले विदेशमा पढेर आएर यसको सुरुवात नेपालमा गरेँ। सुरुमा बिरामीलाई यसबारेमा थाहा थिएन। यसरी उपचार हुन्छ भन्दा पत्याउनै गाह्रो थियो। कतिपय डाक्टरलाई पनि थाहा थिएन। यो विषय छुट्टै पढ्नु पर्दछ। पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा बिरामीबाटै यो उपचारबारे धेरैलाई जानकारी भएको छ। अहिले उपचारका लागि धेरै बिरामी आउने गरेका छन्। पछिल्लो समय यो उपचार विधिको आकर्षण बढ्दो छ।

लेजर थेरापी अध्ययन गर्छु भन्दा अहिले नेपालमा सुविधा छ कि छैन ?
अहिलेसम्म त्यो सुविधा नेपालमा छैन। मैले तीन महिने तालिम सञ्चालन गरिरहेकी छु। राम्रै प्रतिफल आएको छ। सिक्न चाहने धेरै नै छन्।

अरू उपचार विधि भन्दा यो कसरी फरक छ ?
अरु प्रविधिले उपचार गर्दा छालाको बाहिरी भागको मात्र उपचार हुन्छ भने लेजर थेरापी यस्तो विकिरण हो जसले छालाको माध्यमबाट शरीरभित्र छिरेर काम गर्छ। यसले छालामा कुनै पनि दुखाइ नभई उपचार सम्भव हुन्छ। आज विकिरणको माध्यमबाट उपचार गर्दा भोलि नै धेरै समस्याको समाधान भइसकेको हुन्छ।

लेजर थेरापी विधिमा लेजर विकिरणले रोगी अङ्गलाई सेकाएर उपचार गर्छ। अरू मेसिनको प्रयोगले जति उपचार हुन्छ त्यसले भित्रसम्म डोज पुर्याउन सक्दैन। त्यो विकिरण छालाको माध्यमबाट भित्री अंगको ६ सेन्टिमिटरसम्म पुगेर हिलिङको काम गर्छ। जसले गर्दा रोगी भएको शरीरको अंग निको हुन्छ। शरीरका अशक्त कोशिकालाई यो विकिरणले सशक्त बनाउँछ। तत्काल कोशिकामै गएर उपचार हुने हुँदा अन्य उपचार विधि भन्दा यो थेरापी एकदमै प्रभावकारी हुन्छ।

मस्तिष्कको पक्षघात, नाक, कान, घाँटीका रोग, माइग्रेन, अनुहारको दाग, चायापोतो, ढाडको नशा च्यापिएको, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ छन् भने १० दिनदेखि एक महिनासम्म उपचार गर्नुपर्ने हुन्छ।

यसको उपचार विधि कति लामो हुन्छ ?
उपचार विधि कति लामो हुन्छ भन्दा पनि रोग कति पुरानो हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। शरीरका कति वटा अंगमा रोग फैलिएको छ। एक पटकमा कति डोज दिन मिल्छ भनेर बिरामीको पहिलो चरणको रिर्पोट दुईदेखि सातदिन भित्रमा आइसक्नु पर्दछ।  कतिपयलाई १० दिन उपचार गर्दा पनि पुग्छ। कसैको एकदम पुरानो रोग छ भने उपचारका लागि समय लाग्छ। सुन्निएका घाउ, मस्तिष्कको पक्षघात, नाक, कान, घाँटीका रोग, माइग्रेन, अनुहारको दाग, चायापोतो, ढाडको नशा च्यापिएको, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ छन् भने १० दिनदेखि एक महिनासम्म उपचार गर्नुपर्ने हुन्छ।

कुन उमेर समूहले यो थेरापी गराउन सक्छन् ?
उमेरको कुरै हुँदैन। आवश्यक पर्यो भने दुई वर्षदेखि जुनसुकै उमेर समूहका व्यक्तिले पनि यो उपचारमा सहभागी हुनसक्छन्।

यो उपचार पद्धति कत्तिको खर्चिलो छ ?
यो विधि खर्चिलो नभएर सजिलो र सस्तो पनि छ। बाहिर एक दुई घण्टा मसाज गर्दा दुई हजार लागिहाल्छ। हाम्रोमा एउटा प्याकेज हुन्छ। त्यसमा नै लेजर विकिरण विधिबाट थेरापी गरिन्छ।

लेजर थेरापीको साइड इफेक्ट कम हुन्छ। सानो घाउ र छोटो समयमा निको हुनसक्ने भएका कारण यसको प्रतिफल अन्य विधि भन्दा छिटो र राम्रो छ।

तपाईंसँग अहिले कस्तो समस्या लिएर धेरै बिरामी आउने गरेका छन् ?
अहिले धेरै हाडजोर्नी तथा नसा सम्बन्धी र छालाको समस्या भएका बिरामी आउने गरेका छन्।

लेजर थेरापीको असर केही हुन्छ कि ?
कुन अंगमा रोग लागेको हो त्यही अंगको उपचार हुन्छ। अन्य अंगमा घोच्ने, हल्लाउने र काटिने जस्ता गतिविधि हुँदैनन्। जसकारण यसको साइड इफेक्ट कम हुन्छ। सानो घाउ र छोटो समयमा निको हुनसक्ने भएका कारण यसको प्रतिफल अन्य विधि भन्दा छिटो र राम्रो छ। थेरापी न्यून विकिरणमा गरिने भएकाले जटिल असर देखिँदैन।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ७ : ०३ बजे

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य