रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा « Khabarhub

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका १५० घारका मौरी रोग लागेपछि मरेका छन् । अब उनको ५० घारमा मात्र मौरी बाँकी छन् ।

अठार वर्षअघि एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालन सुरु गरेकी उनको समूहसँग कुनै बेला ९०० सम्म मौरीका घार थिए । वार्षिक १० हजार किलो शुद्ध मह उत्पादन गर्दै उनले बर्सेनि ३० लाखसम्म आम्दानी गर्थिन् ।

मौरीपालनका कारण राष्ट्रपति पुरस्कार पनि पाएकी दाहालले रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि यो व्यावसायलाई निरन्तरता दिन कठिन भइरहेको बताइन् । ‘विभिन्न रोगको सङ्क्रमणले ठूलो क्षति भयो,’ उनले भनिन्, ‘ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण सम्बन्धित निकायले बनाउनु जरुरी छ ।’

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् । कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक २० लाख आम्दानी गर्दै आएको बताए । कनकाई मौरीपालन उद्योगका सञ्चालक उनले व्यावसायिक मौरीपालनले लगानी अनुसारको प्रतिफल दिन नसकेको गुनासो सुनाए ।

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ । उनले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेका शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताए । मौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या प्रमुख कारण रहेको उनको भनाइ छ ।

वार्षिक दुई हजार किलीससम्म मह उत्पादन गर्दै आएका शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभावी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठूलो सङ्कट निम्तिएको बताए ।

किसानले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्‍याउन सके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ८ : ५० बजे

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

झापा– ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा– तिहार पर्वको सार्वजनिक बिदाको समयमा पनि बाजुरा जिल्ला अदालत

डोल्पा कारागारबाट भागेका ६ कैदीबन्दी पक्राउ

कर्णाली– जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ मध्ये ६ जना

आज कर्णाली र पोखरा तथा चितवन र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ ।