प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएकोप्रति शेखर कोइराला असन्तुष्ट « Khabarhub

प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएकोप्रति शेखर कोइराला असन्तुष्ट


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनु सामान्य नभएको बताएका छन् । उनले सोमबारको घटनामा असन्तुष्टि जनाएका छन् ।

राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य भएतापनि हिजोको घटना सामान्य नभएको बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महङ्गो सावित भएको बताए।

उनले लेखेका छन्  ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ ।’ 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : २९ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी