पुस ११ कै मन्त्रालयमा एमालेको अडान, थप २ गरेर ८ मन्त्रालयमा दाबी  « Khabarhub

पुस ११ कै मन्त्रालयमा एमालेको अडान, थप २ गरेर ८ मन्त्रालयमा दाबी 


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले ७ मन्त्रालयमा दाबी गरेको छ। एमालेबाट ०७९ पुस ११ गतेबाट बनेको सरकारमा ६ मन्त्रीहरू थिए । सात दलीय गठबन्धन भएको त्यो बेला राप्रपा पनि  सरकारमा सहभागी थियो । 

तर अहिले राप्रपा सरकारमा छैन । सोमबार बनेको नयाँ गठबन्धनमा ४ दल सहभागी छन् । तर लोसपा र एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयत्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । 

पुस ११ मा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री थिए । यस्तै परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामा पदम गिरी, महिला तथा बालबालिकामा भगवती चौधरी र रक्षामा हरि उप्रेती मन्त्री भएका  थिए । ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई भूमि व्यवस्था, भगवती चौधरी महिला बालबालिका र दामोदर भण्डारी उद्योगमन्त्री नियुक्त भएका थिए।

हाल एमालेले थप २ मन्त्रालय दाबी गरेको छ । एमाले स्रोतले भन्यो, ‘हामी २ मन्त्रालय नथपिएपनि पहिलेको भन्दा १ भने अवश्य थप्ने छौँ ।’ 

सोमबार बनेको नयाँ गठबन्धनमा एमालेबाट पदम गिरी विना विभागीय मन्त्री बनेका छन् । यस्तै एमाले पुनः पुस ११ को जस्तै विष्णु पौडेको नेतृत्वमा सरकारमा जाने स्रोतको भनाइ छ ।  

यसका लागि मंगलबार ओलीले पार्टीका विभिन्न नेतासँग छलफल गरेका थिए । त्यसपछि उनले पदम गिरीलाई भेटेर छिटै मन्त्रालय र अन्य मन्त्रीहरूको पनि टुङ्गो लाग्ने बताएका छन् ।

गृहमा रवि लामिछानेले अडान नछोडेपछि एमालेले अर्थ लिने भन्ने चर्चा पनि छ । तर प्रचण्डले अर्थमा नारायणकाजी श्रेष्ठलाई पठाउने योजनामा छन् । यसो हुँदा विष्णु पौडेलले कुन मन्त्रालय पाउँछन् भन्ने निर्णय भएको छैन । 

एमाले उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘मिलाउँदै छौँ । पार्टीको आकारका आधारमा मन्त्रालय टुङ्गिन्छ । आजै पनि निधो लाग्न सक्छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : ४८ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित