सुनको मूल्यले बनायो नयाँ रेकर्ड, हालसम्मकै उच्च « Khabarhub

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, हालसम्मकै उच्च


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएको छ । 

अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार चार सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २० हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार चार सय ४५ तोकिएको महासङ्घले जनाएको छ ।

यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ४९ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका