फिल्म ‘काँडेतार’लाई घेराबन्दी गर्न विदेशी शक्ति लागि परे : नवल खड्का « Khabarhub

फिल्म ‘काँडेतार’लाई घेराबन्दी गर्न विदेशी शक्ति लागि परे : नवल खड्का


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक तथा नायक नवल खड्काले फिल्म ‘काँडेतार’लाई हलमा लाग्न नदिन विभिन्न प्रपन्च रचिएको आरोप लगाएका छन् । मुनाफाबाट सिमानामा काँडेतार लगाउने घोषणा पश्चात सो फिल्म घेराबन्दी परेको उनको दाबी छ ।

सिमानामा काँडेतार लगाउने विषयले विदेशी शक्तिसमेत फिल्म विवादमा पार्न लागि परेको खड्काको दाबी छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट पास भएको सो चलचित्रबारे विभिन्न नकारात्मक धारणा बनाएर मधेसका हलमा चल्न नदिने प्रयास भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘फिल्म नै नहेरी मान्छेले धारणा बनाएका छन् । यो फिल्मले खुला सिमाना हुँदा नेपाली पक्षले पाएको पीडा उजागर हुने डरले रोक्ने षड्यन्त्र हो । यो फिल्म नेपालीका हितमा छ कसैको विरुद्धमा छैन ।’

सिमाको विषय फिल्म बनेकाले मधेसमा हलवालाले फिल्म चलाउन नसक्ने जानकारी दिएको फोन सम्वाद उनले खबरहबलाई उपलब्ध गराएका छन् । सो फोन संवादमा वीरगञ्जका एक हल व्यवसायीले भनेका छन्, ‘यो मधेशविरोधी फिल्म भनेर चर्चा छ । यहाँ फिल्म चलाइयो भने त हलमा आगो लाग्छ ।’

त्यस्तै, सामाजिक सन्जालमा यो फिल्मलाई ‘बाइकट’ अभियान चलेकाले फिल्म प्रदर्शनको संघारमा रहेका नवल दबाबमा परेका छन् । मधेश केन्द्रित फेसबुक पेजहरुले पोस्टरमा क्रस चिह्न राखेर फिल्मको विरोध जनाइरहेका छन् ।

तर ज्यान नै जोखिममा राखेर पनि फिल्म प्रदर्शन गर्ने बताउँदै नवल भन्छन्, ‘यो फिल्म प्रदर्शनबाटै रोक्न खोजिएको छ । मेरो ज्यान तलमाथि भए पनि प्रदर्शन गर्नबाट पछि पर्ने वाला छैन । नेपाल आमालाई संरक्षण गर्ने मेरो कर्तव्य हो ।’

फिल्म प्रदर्शनमा संघारमा आफूलाई आएको दबाब, पड्यन्त्र र घेराबन्दीले यो फिल्म ल्याउनै पर्ने रहेछ भन्ने महसुस भएको नबल बताउँछन् । उनी थप्छन्, ‘देशको सुरक्षाका लागि काँडेतार लगाउनुपर्छ भन्दा भारतविरोधी, मधेशविरोधी भनेर नकारात्मक प्रचार गरिएकाले नै यो फिल्मको महत्त्व दर्शाएको छ ।’

देशभक्ति फिल्म रहेकाले फागुन २५ गतेबाट एकल प्रदर्शनको वातावरणका लागि नवलले समन्वय र आग्रह गरिरहेको बुझिएको थियो । तर सोही दिन अन्य दुई फिल्म प्रदर्शनमा आउने भएका छन् । फिल्म ‘काँडेतार’ को आज प्रिमियर शो हुँदैछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ३० बजे

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले