मन्त्रीको नाममा माओवादीभित्र भाँडभैलो « Khabarhub

मन्त्रीको नाममा माओवादीभित्र भाँडभैलो


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ मन्त्रिपरिषद्‌मा क-कसलाई समेट्ने भन्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दलभित्र असन्तुष्टि चुलिएको छ । पार्टी अध्यक्षसमेत रहेका दाहालले दलको बैठक नै नराखी आफूलाई मन लागेको व्यक्तिलाई मन्त्री बनाउन लागेको भन्दै पार्टीभित्र असन्तुष्टि देखा परेको हो ।

पार्टीका उपमहासचिव वर्षमान पुन उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेमा ढुक्क छन् । काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठजोड गर्ने कार्यमा आफूले महत्वपूर्ण भूमिका खेलेको भन्दै पुन अर्थमन्त्रालय आफूले पाउनुपर्ने अडान छन् ।

उता पार्टीका उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठले गृहमन्त्री छँदा पार्टी र सरकारको छवि राम्रो बनाएको भन्दै आफूलाई अर्थ वा गृह मन्त्रालयको जिम्मेवारी आफूलाई दिइनुपर्ने लबिङमा रहेको माओवादीका एक नेताले बताए ।

वर्षमान पुन निकट एक माओवादी नेताले खबरहबसँग भने, ‘पुनलाई रोक्न नारायणकाजी सक्रिय देखिनुभएको छ, तर, पुनलाई अर्थमन्त्री नबनाउँदा उहाँमाथि अन्याय हुन्छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड पनि नारायणकाजीलाई ‘बाइपास’ गर्ने पक्षमा छैनन् । तर, प्रचण्ड निकट मानिएका अग्नि सापकोटा लगायतका नेताहरू भने नारायणकाजीलाई जसरी पनि रोक्ने पक्षमा उभिएका छन् । यतिसम्म कि प्रचण्डसँग असन्तुष्ट रहेका जनार्दन शर्मा समेत श्रेष्ठको साटो पुन नै मन्त्री बनून् भन्ने पक्षमा छन् ।

पुनलाई अर्थमन्त्री बनाउने कि श्रेष्ठलाई भन्ने माओवादीभित्रको विवादको सूचना बालकोटसम्म पुगेको छ । माओवादी नेताहरूले एमाले नेतालाई फोन गरेर लौन न नारायणकाजीलाई रोकेर वर्षमानलाई अर्थमन्त्री बनाउनुपऱ्यो भन्दै गुहार मागेको स्रोतले बतायो ।

माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याललाई मन्त्री बनाएर उपाध्यक्षमा अर्को व्यक्तिलाई लैजान चाहेको पार्टी निकट स्रोतले बतायो । राष्ट्रियसभा अध्यक्षमा भने झक्कु सुवेदीको सम्भावना रहेको स्रोतको दाबी छ ।

माओवादी स्रोत भन्छ, ‘प्रचण्डले क-कसलाई मन्त्री बनाउँछन् कुनै टुंगो छैन, पार्टीमा कुनै छलफल छैन, मनमौजी छ । ओली र प्रचण्ड मिलेर जे पनि गर्ने पुरानै बानी हो ।’

नारायणकाजीले गृहमन्त्रालय पाउनुपर्ने माग राखे पनि प्रचण्डले गृहमन्त्री एमालेलाई दिइसकेका छन् । उता रवि लामिछानेले पनि गृहमा दाबी गरिरहेका छन् ।   

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ०४ बजे

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि