काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले आठौँ विकेट गुमाएको छ । लगातार विकेट गुमाउने क्रममा कुशल मल्ल २६ रनमा आउट भए ।
११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाएर उनी आउट भएका हुन् । त्यसपछि करन के.सी ९ आरिफ सेख शून्य र गुलसन झा ३४ रनमा आउट भए ।
यसअघि अलराउण्डर दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका थिए । नेपालका ओपनर आसिफ सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भएका थिए । नेपालका कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट भए ।













प्रतिक्रिया