मधेसमा अरू दलले सरकारको दाबी गर्नु सिंहदरबार मेरो हो भन्नु जस्तै हो : मनिस सुमन « Khabarhub

मधेसमा अरू दलले सरकारको दाबी गर्नु सिंहदरबार मेरो हो भन्नु जस्तै हो : मनिस सुमन


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिस सुमनले मधेस प्रदेशमा आफ्नो सरकार सुरक्षित रहेको बताएका छन् ।

उनले वर्तमान सत्ता गठबन्धनका चार दलले नै मधेसमा आफ्नो सरकार सुरक्षित गर्ने सहमति जनाएको समेत दाबी गरे ।

पछिल्लो समय जनमत पार्टी पनि सत्ता गठबन्धनमा गएर केही समय मधेसको मुख्यमन्त्रीको दाबी गरेको कुराहरू बाहिर आएका छन् । यसैबीच सुमनले जो आए पनि आफूहरू सुरक्षित भएको बताउँछन् ।

उनी भन्छन्, ‘मधेसमा अरू दलले सरकारमा दाबी गर्नु सिंहदरबार मेरो हो भन्नु जस्तै हो ।’

मधेसमा जसपाको १९ प्रदेश सांसद छन् । यस्तै जनमतको १३ छन् । त्यहाँ एमालेको २४ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् ।

मधेसमा सत्ता गठबन्धनबाट ५२ सांसद छन् । मधेसको सरकारबाट कांग्रेस बिदा भए मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने हुन्छ ।

लोसपा र एकीकृत समाजवादी सत्ता गठबन्धनमा सामेल नभए यादवले नयाँ सरकार गठन गर्न सक्दैनन् । किनकि यहाँ सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ४८ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन