१० लाख नगदसहित हेटौँडाका दुई जना रौतहटमा पक्राउ « Khabarhub

१० लाख नगदसहित हेटौँडाका दुई जना रौतहटमा पक्राउ


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित हेटौँडाका दुई जना रौतहटमा पक्राउ परेका छन् । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित दुवै जनालाई रौतहटस्थित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बन्जरहाबाट गएको प्रहरीले टोलीले ईशनाथ नगरपालिका १ स्थित गएराति शंका लागेर उनीहरूले प्रयोग गरेको प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त नगद सहित दुवै जनालाई पक्राउ गरिएको हो ।

कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रङको झोलाभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १ हजार दरको नाट ८५० थान र ५०० दरको ३०० थान जम्मा १० लाख रुपैयाँ सहित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ०५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप