‘मुन्द्रेको कमेडी क्लब’ एक्कासी बन्द, ‘मुन्द्रे’ चाहिँ के भन्छन् ? « Khabarhub

‘मुन्द्रेको कमेडी क्लब’ एक्कासी बन्द, ‘मुन्द्रे’ चाहिँ के भन्छन् ?


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जितु नेपाल (मुन्द्रे) ले टेलिभिजन कार्यक्रम ‘मुन्द्रको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सो कार्यक्रम एक्कासी बन्द गर्नु परेको उनले जानकारी दिएका छन् ।

मुन्द्रेले तीन सिजनमा १८४ भाग प्रशारण भएर सो कार्यक्रम बन्दा गरेका हुन् । अर्को कार्यक्रमको ल्याउनका लागि उक्त शो रोकेको मुन्द्रेले खबरहबसँगको कुराकानीमा बताए । उनले भने, ‘यो सामान्य कुरा हो । हामी आफैँले विश्राम लिएका हौं ।’

यद्यपि उनले फेसबुकमा राखेको स्ट्याटसले भने कार्यक्रम नै बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको बुझ्न सकिन्छ । उनले कार्यक्रम एक्कासी बन्द गर्नु परेको कारण समय आएपछि मात्रै बोल्ने भनेका छन् ।

उनले लेखेका छन्, ‘एक्कासी बन्द गर्न पर्ने केही कारण चाहिँ भनेको छैन । अहिले पनि भनिनँ, समय आएपछि भनौंला ।’

सो कार्यक्रमले सुरुवातदेखि नै दर्शकबाट अपेक्षित साथ पाउन सकेको थिएन । यस कार्यक्रमको तीन सिजनमा तीन जना अध्यक्ष फेरिएका थिए ।

पहिलो सिजनमा दीपाश्री निरौलालाई अध्यक्षबाट हटाएपछि छक्का पञ्जा टिमसँग जितुको सम्बन्ध चिसिएको थियो । त्यसपछि अध्यक्षको भूमिकामा नायिका करिश्मा मानन्धर देखिएकी थिइन् । पछिल्लो समय अध्यक्षको जिम्मेवारीमा नायिका प्रियंका कार्की थिइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ३१ बजे

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही वैशाख १७ गते रुकुम

तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा पक्की पुल

गलकोट– बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र काठेखोला गाउँपालिका–४ तग्राम जोड्नका

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको