‘मुन्द्रेको कमेडी क्लब’ एक्कासी बन्द, ‘मुन्द्रे’ चाहिँ के भन्छन् ? « Khabarhub

‘मुन्द्रेको कमेडी क्लब’ एक्कासी बन्द, ‘मुन्द्रे’ चाहिँ के भन्छन् ?


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जितु नेपाल (मुन्द्रे) ले टेलिभिजन कार्यक्रम ‘मुन्द्रको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सो कार्यक्रम एक्कासी बन्द गर्नु परेको उनले जानकारी दिएका छन् ।

मुन्द्रेले तीन सिजनमा १८४ भाग प्रशारण भएर सो कार्यक्रम बन्दा गरेका हुन् । अर्को कार्यक्रमको ल्याउनका लागि उक्त शो रोकेको मुन्द्रेले खबरहबसँगको कुराकानीमा बताए । उनले भने, ‘यो सामान्य कुरा हो । हामी आफैँले विश्राम लिएका हौं ।’

यद्यपि उनले फेसबुकमा राखेको स्ट्याटसले भने कार्यक्रम नै बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको बुझ्न सकिन्छ । उनले कार्यक्रम एक्कासी बन्द गर्नु परेको कारण समय आएपछि मात्रै बोल्ने भनेका छन् ।

उनले लेखेका छन्, ‘एक्कासी बन्द गर्न पर्ने केही कारण चाहिँ भनेको छैन । अहिले पनि भनिनँ, समय आएपछि भनौंला ।’

सो कार्यक्रमले सुरुवातदेखि नै दर्शकबाट अपेक्षित साथ पाउन सकेको थिएन । यस कार्यक्रमको तीन सिजनमा तीन जना अध्यक्ष फेरिएका थिए ।

पहिलो सिजनमा दीपाश्री निरौलालाई अध्यक्षबाट हटाएपछि छक्का पञ्जा टिमसँग जितुको सम्बन्ध चिसिएको थियो । त्यसपछि अध्यक्षको भूमिकामा नायिका करिश्मा मानन्धर देखिएकी थिइन् । पछिल्लो समय अध्यक्षको जिम्मेवारीमा नायिका प्रियंका कार्की थिइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ३१ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको