सकियो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक, प्रचण्डले दोस्रो पटक कुठराघात गरेको निष्कर्ष « Khabarhub

सकियो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक, प्रचण्डले दोस्रो पटक कुठराघात गरेको निष्कर्ष


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकमा पछिल्लो समय विकसित घटनाक्रमबारे छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको म्यान्डेटलाई दोस्रोपटक गम्भीर कुठराघात गरेको निष्कर्ष निकालेको उनको भनाइ छ ।

बैठकले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने र विपक्षमा बस्ने पनि निर्णय गरेको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्णयले मुलुकलाई थप अस्थीरता तर्फ लगेको र अर्थतन्त्रलाई पनि अप्ठेरो अवस्थामा ढकेलेको बैठकको निष्कर्ष रहेको उनको भनाइ छ ।

उनले कांग्रेससँगको गठबन्धन तोड्दा प्रधानमन्त्रीले लगाएका आरोपहरु कपोकल्पित भएको जिकिर गरे । गठबन्धन तोड्ने प्रधानमन्त्रीको निर्णय निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धता विपरित रहेको उनको भनाइ छ ।

कांग्रेसका कारण गठबन्धन परिवर्तन नभएको पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ७ : ४२ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक