कोशी प्रदेशमा मध्यावधिको डर, माओवादीले छाडेन सरकार | Khabarhub Khabarhub

कोशी प्रदेशमा मध्यावधिको डर, माओवादीले छाडेन सरकार


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ ।

कांग्रेससहितको पुरानो गठबन्धनसँग विद्रोह गर्दै कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा असोज २७ गते मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका थिए । पछि माओवादी पनि सरकारमा सामेल भएको थियो । कार्की नेतृत्वको सरकार ढलेमा मध्यावधि चुनावमा जानुपर्ने संवैधानिक बाध्यता छ ।

कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा १० सदस्यीय मन्चिपरिषद छ । जसमा माओवादी तर्फबाट तीन मन्त्री छन् । जसमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती छन् भने खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा नारायण बुर्जा मगर र सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की छन् । उनीहरु तत्काल सरकारबाट फिर्ता नहुने भएका छन् ।

प्रदेश सरकारमा कांग्रेस, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरु पनि सहभागी छन् । सरकारलाई एमालेको पनि समर्थन छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोले केन्द्रमा गठबन्धन फेरबदल भए पनि कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने निर्णय भइनसकेको बताए ।

संविधानको धारा १६८ को ५ अनुसार सरकार बनिसकेको अवस्था भएकाले कोशीमा सरकार फेरबदलतर्फ लाग्दा प्रदेशसभा विघटन हुने नेताहरुको भनाइ छ ।

यो पनि-
नयाँ गठबन्धनलाई कोशी प्रदेश ‘फलामको च्यूरा’, विघटनसँगै अदालतको त्रास

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’