गर्भवतीलाई पौष्टिक आहार वितरण « Khabarhub

गर्भवतीलाई पौष्टिक आहार वितरण


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ ।

आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवद्धन कोसेली’को प्याकेट वितरण गरिएको हो ।

गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर गर्भवतीलाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गर्भवती र गर्भको बच्चालाई आवश्यकपर्ने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायत पौष्टिक आहार मिसाइएको प्याकेट वितरण गरिएको पालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

पालिकाले विगत तीन दिनमा ८० जना गर्भवतीको स्वास्थ्य जाँच गर्नुका साथै पौष्टिक आहारको प्याकेट वितरण गरेको उनले जानकारी दिए । गर्भवतीलाई प्रसूतिका निम्ति अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था पनि मिलाइएको छ ।

सुत्केरी हुन स्वास्थ्य चौकी आउनेलाई पालिकाले रु चार हजार आठ सय, बच्चा र आमाका लागि न्यानो कपडा र अन्य पौष्टिक आहार वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ५० बजे

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय