गाजामा जोर्डनले सहयोग सामग्री ढुवानी बढायो | Khabarhub Khabarhub

गाजामा जोर्डनले सहयोग सामग्री ढुवानी बढायो


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अम्मान । जोर्डन सशस्त्र बल–अरब सेनाले मङ्गलबार विभिन्न देशहरूसँगको सहकार्यमा द्वन्द्वग्रस्त गाजामा सहायता सामग्रीको ढुवानी बढाएको छ ।

उसले आठ वटा संयुक्त हवाई उडानमार्फत सहयोग सामग्री पु-याएको छ । गाजापट्टीका बासिन्दाहरूलाई मानवीय सहायता पु¥याउने निरन्तर प्रयासको हिस्साका रूपमा रोयल जोर्डन एयर फोर्सका तीनवटा विमान, तीनवटा अमेरिकी विमान र एक–एक वटा इजिप्ट र फ्रान्सेली विमानद्वारा सहायता पु¥याइएको राज्यद्वारा सञ्चालित पेट्रा समाचार एजेन्सीले जनाएको छ ।

राहत र खाद्य सहायता सामग्री उत्तरी गाजाका थुप्रै स्थानहरूमा पु¥याइएको छ । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सामग्री पनि त्यसमा समावेश रहेको पेट्राले उल्लेख गरेको छ ।

यस कदमलाई द्वन्द्वग्रस्त गाजापट्टीका बढ्दो इजरायली आक्रमणका कारण खाद्यान्न र औषधिको गम्भीर अभावको पूर्ति गर्न, थप चिकित्सा, राहत र खाद्य सहायता पठाउने जोर्डनको जारी प्रयासको रूपमा लिइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : १० बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले