शीर्ष स्थानमा उक्लियो लिभरपुल « Khabarhub

शीर्ष स्थानमा उक्लियो लिभरपुल


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभरपुल इङलिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टरकोडी गाक्पोले एक एक गोल गरेका थिए ।

त्यसैगरी शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ३० खेलमा ७० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक रहेको छ ।

त्यसैगरी शेफिल्ड युनाइटेडको भने ३० खेलमा केवल १५ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ३६ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड