इलाममा ४२२ मतदाता थपिए | Khabarhub Khabarhub

इलाममा ४२२ मतदाता थपिए

देशभर ८७ हजार ४१७ जना नयाँ मतदाता थपिए


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

इलाम- आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावका लागि निर्वाचन आयोगले मतदाता संख्या टुंगो लगाएको छ । बझाङको प्रदेशसभा उपचुनावका मतदाताको पनि संख्या टुंगो लागेको छ ।

निर्वाचन आयोगका अनुसार इलाम क्षेत्र नम्बर २ मा गत वर्षभन्दा ४२२ जना मतदाता थपिएका छन् । गत ०७९ को चुनावमा यस क्षेत्रमा १ लाख १५ हजार ४६७ जना मतदाता थिए ।
यसपटकको उपचुनावमा कुल मतदाता संख्या १ लाख १५ हजार ८८९ पुगेको छ ।

त्यस्तै बझाङको उपनिर्वाचनमा गतवर्षको भन्दा ६३८ जना मतदाता थपिएका छन् । बझाङको प्रदेशसभा १ मा ६१ हजार ७४८ जना मतदाता कायम भएका छन् ।

यसैवीच निर्वाचन आयोगले ०८१ साल बैशाख १४ गते १८ वर्ष उमेर पुग्ने जनसंख्याका आधारमा देशभरिका मतदाताहरुको अन्तिम नामावली टुंगो लगाएको छ ।

आयोगका अनुसार ०७९ यता देशभरि ८७ हजार ४१७ जना नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार काठमाडौंलाई समेत उछिन्दै मोरङमा सबैभन्दा बढी मतदाता कायम भएका छन् । मोरङ जिल्लामा सबैभन्दा बढी अर्थात ७ लाख ३९ हजार ३९०  मतदाता कायम भएका छन् ।

मनाङ जिल्लामा सबैभन्दा कम ६ हजार ८४९ मतदाता कायम भएका छन् ।

यो पनि-
गृहमन्त्री रवि लामिछाने आज निर्वाचन आयोग जाँदै

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ०९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग