अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण « Khabarhub

अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ गरेको छ ।

देशका विभिन्न भागका ४० जनाको सहभागिता रहेको प्रशिक्षणमा अन्तर्राष्ट्रिय ट्रेड युनियन अभ्यास, श्रमिक आन्दोलन तथा अधिकार, कम्युनिष्ट आन्दोलनका विकासमा श्रमिकका योगदानलगायत विषयमा छलफल गरिने छ ।

 शनिबारसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले ‘क्रान्तिको शिक्षण शास्त्र’ बारेमा प्रशिक्षण दिएका छन् । उनले प्रशिक्षणका क्रममा शिक्षा राजनीतिबाट अलग भएको नभएर राजनीतिसँग एकाकार भएको बताए । 

पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद लम्सालले मान्छेको स्वतन्त्रताका लागि संवाद र क्रान्तिकारी  विधिको महत्वपूर्ण भूमिका हुने जानकारी दिए। उनका अनुसार काठमाडौँमा ‘ट्रेनिङ अफ ट्रेनर्स’ कार्यक्रम विभिन्न प्रदेशमा पनि सञ्चालन गरिने छ । 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ३४ बजे

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई