रौतहटको वनमा भीषण आगलागी | Khabarhub Khabarhub

रौतहटको वनमा भीषण आगलागी


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर– रौतहटको वनमा भीषण आगलागी भएको छ । वन कर्मचारीको चरम लापरवाहीका कारण रौतहटको वनमा भीषण आगलागी भएको हो ।

चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको बनमा भीषण आग लागि भइरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिने तर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको स्थानीय बासिन्दाले बताएका छन् । चार दिन पहिला सो वनमा भएको आगलागीमा करिब ४० चट्टा सखुवाको दाउरा जलेर नष्ट भएको थियो । 

वनमा लागेको डँडेलो वन कर्मचारीले नियन्त्रणमा लिनका लागि कुनै पनि प्रयास नगरेका कारण सो दाउरा जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । पुन बिहिबार सो क्षेत्रमा लागेको डँडेलो नियन्त्रणमा आउन नसक्दा सो स्थानमा ८ गते गरी राखिएको अन्य काठ समेत जल्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बचाएका छन् ।

डिभिजन वन कार्यालय रौतहटमा कार्यरत कर्मचारीहरूको चरम लापरवाहीका कारण रौतहटको घना वनमा आगलागी भएको स्थानीयको आरोप छ । संघ सरकार र प्रदेश सरकारले डँडेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रौतहटमा पठाएको पैसा समेत वन कर्मचारीले एक दिन र्‍याली निकालेर स्वाहा पारेको स्वयं वन कर्मचारीहरूले बताएका छन्  ।

डढेलो नियन्त्रणका खातिर प्रचारप्रसार गर्नको लागि र चेतनामूलक कार्यक्रम गर्नका लागि डिभिजन वन कार्यालय रौतहटमा संघ सरकार र प्रदेश सरकार मातहतका वन मन्त्रालयले रकम पठाएको भएपनि सो रकम डिभिजन वन कार्यालय रौतहटले एक दिन चेतनामूलक र्याली गरेर सकेको वन कर्मचारीहरूले बताएका छन् । 

वन कर्मचारीहरूको चरम लापारवाहीका कारण वनमा लागेको डँडेलोको कारण जङ्गली जनावरको बासस्थान समेत नष्ट भएको छ । वनमा डँडेलो लाग्दा जङ्गली जनावरहरू गाउँ छेउमा पुग्ने र बाली खाने गरेका कारण स्थानीय बासिन्दाले जंगली जनावरको सिकार समेत गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय रौतहटमा यतिबेला कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म सबै रौतहटका स्थानीय कर्मचारी भएका कारण कसैलाई कसैलाई नटेर्ने गरेको वन कर्मचारीहरूको दाबी छ । डढेलो नियन्त्रणका लागि पनि ऊ जाने त्यो जाने भन्दै वन कर्मचारीहरू पन्छने गरेका कारण रौतहटको वनमा पछिल्लो समय भीषण आगलागी हुँदा लाखौं बराबरको काठ दाउरा समेत जलेर नष्ट भएको छ । 

डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत विमल ठाकुरले वनमा लागेको आगो नियन्त्रणका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको बताएका छन् । रौतहटको वनमा लागेको आगो नियन्त्रणमा नआउँदा त्यसबाट निस्किएको प्रदूषणका कारण गाउँ तथा बजारको वातावरण नै तुवाँलोमय भएको छ ।

वनमा लागेको डडेलोको तुवालोले सर्वसाधारणको आँखामा गम्भीर असर परिरहेको चन्द्रनिगापुरमा रहेको सिम्स अस्पताल प्रालिका डाक्टर रामकिशोर शाहको भनाइ रहेको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : २९ बजे

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध

विराटनगर– विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।

तातोपानीमा एकल पुरुष भत्ता कार्यक्रम

जुम्ला– जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने

‘उज्यालो गण्डकी’ अभियान सञ्चालन

गण्डकी– प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका

निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि…

काठमाडौं– नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतका लागि नेपाल नागरिक

११ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार 

काठमाडौं– बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि