निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जना लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जना लाभान्वित


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सय जना नागरिक लाभान्वित भएका छन् । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले वडा वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

‘आयुर्वेद उपचार पद्धतिलाई घरघरमा पुर्‍याउने र नगरवासीको स्वास्थ्य उपचारमा  विशेष ध्यान पुर्‍याउने उद्देश्यसहित शिविर सञ्चालन गरिएका छौँ’, नगरप्रमुख विवश चिन्तनले भने, ‘नगरपालिकाभित्रका विभिन्न आठ वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरी निःशुल्क उपचार सेवा प्रदान गरेका हौँ ।’ शिविरमा उपचार सेवा लिएका बिरामीलाई आवश्यकताका आधारमा औषधिसमेत वितरण गरिएको उनको भनाइ छ ।

‘आयुर्वेद शिविरमा बाथजन्य रोग, उच्च रक्तचाप, मांसपेशी दुख्ने, हाडजोर्नीका समस्या भएका बिरामी, घुँडा दुख्ने समस्या, स्त्रीरोग, पेट तथा पाचनसम्बन्धी समस्या भएका बिरामीको विशेषज्ञ चिकित्सकबाट आयुर्वेद उपचार पद्धतिअनुसार सेवा प्रदान गरिएको हो’, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हितकाजी श्रेष्ठले भने, ‘त्यस्तै ग्याष्ट्रिक, पाइल्स, फिस्टुलालगायत अन्य विभिन्न रोगको पनि शिविरमा उपचार गरिएको थियो ।’

उपचार सेवा लिएकामध्ये धेरैजसो बिरामीमा बाथजन्य रोगको समस्या रहेको पाइएको छ । नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा सर्ने तथा नसर्ने रोगहरु, रोगहरुको रोकथाम तथा न्यूनीकरणका बारेमा सचेतना प्रदान गरिएको श्रेष्ठले बताए ।

शिविरबाट नगरपालिका–१ का एक सय ४६, वडा नं २ का एक सय ४१, वडा नं ३ का एक सय ३६, वडा नं ६ का दुई सय ३५, वडा नं ७ का एक सय ५२, वडा नं ८ का तीन सय १५, वडा नं ९ का एक सय ३७ र वडा नं १० का एक सय ४९ जना लाभन्वित भएका नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १ : २६ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक