नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल चढ्ने | Khabarhub Khabarhub

नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल चढ्ने


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल आरोहण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै चैत्र २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो ।

नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल– २ चढ्न लागेका हुन् । नेपाल र दक्षिण कोरियाबीच स्थापना भएको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त  आयोजनामा जुगल हिमाल आरोहण तय भएको पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिए  ।

नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४ मा सहभागी हुने पर्वतारोहीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर जुगलतर्फ बिदाइ गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : १५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास