हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय गरिँदैन : गृहमन्त्री | Khabarhub Khabarhub

हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय गरिँदैन : गृहमन्त्री


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आवश्यक तयारी पुरा नभएसम्म हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय नगरिने स्पष्ट पारेका छन् ।

पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनबारे शुक्रबार मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै लामिछानेले काठमाडौंमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ भन्नेमा आफ्नो मत रहे पनि त्यसको विपक्षमा रहेकाहरूको समस्या समाधान र आवश्यक तयारी नगरेसम्म यसबारे कुनै निर्णय नगरिने स्पष्ट पारे ।

पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्न धेरै पक्ष सहमत भएको अवस्थामा पनि थोरै असन्तुष्टलाई पेलेर जाने अवस्थामा आफू नरहेको उनको भनाइ छ । उनले पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन भएपछि गृह प्रशासन २४ सै घण्टा अलर्ट रहने धारणा राखे ।

लामिछानेले कसैको निन्द्रा र कसैको व्यापार पनि नबिग्रने गरी सबै तयारी पुरा गरेर पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गरिने जिकिर गरे ।

सहर २४ घण्टा खुले सुरक्षा, लाइसेन्स, नीति नियम लगाएको मापदण्ड पनि हुने र कडा रूपमा कार्यान्वयन पनि हुने उनले बताए । लामिछाने लागू औषधको नियन्त्रणका लागि गृह प्रशासन निर्मम ढंगले लाग्ने पनि बताए ।

पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनका लागि तयार पारिएको कार्यविधिका बारेमा मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

कार्यविधिमा १८ वर्षभन्दा मुनिका व्यक्तिहरूलाई प्रवेशमा रोक लगाउने, मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई सुरक्षित तवरले घरसम्म पुराउने वा राख्ने व्यवस्था गर्नुपर्ने  यौन तथा यौन उत्पीडन/शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने लगायत उल्लेख छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ३३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः