हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय गरिँदैन : गृहमन्त्री « Khabarhub

हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय गरिँदैन : गृहमन्त्री


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आवश्यक तयारी पुरा नभएसम्म हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय नगरिने स्पष्ट पारेका छन् ।

पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनबारे शुक्रबार मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै लामिछानेले काठमाडौंमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ भन्नेमा आफ्नो मत रहे पनि त्यसको विपक्षमा रहेकाहरूको समस्या समाधान र आवश्यक तयारी नगरेसम्म यसबारे कुनै निर्णय नगरिने स्पष्ट पारे ।

पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्न धेरै पक्ष सहमत भएको अवस्थामा पनि थोरै असन्तुष्टलाई पेलेर जाने अवस्थामा आफू नरहेको उनको भनाइ छ । उनले पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन भएपछि गृह प्रशासन २४ सै घण्टा अलर्ट रहने धारणा राखे ।

लामिछानेले कसैको निन्द्रा र कसैको व्यापार पनि नबिग्रने गरी सबै तयारी पुरा गरेर पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गरिने जिकिर गरे ।

सहर २४ घण्टा खुले सुरक्षा, लाइसेन्स, नीति नियम लगाएको मापदण्ड पनि हुने र कडा रूपमा कार्यान्वयन पनि हुने उनले बताए । लामिछाने लागू औषधको नियन्त्रणका लागि गृह प्रशासन निर्मम ढंगले लाग्ने पनि बताए ।

पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनका लागि तयार पारिएको कार्यविधिका बारेमा मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

कार्यविधिमा १८ वर्षभन्दा मुनिका व्यक्तिहरूलाई प्रवेशमा रोक लगाउने, मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई सुरक्षित तवरले घरसम्म पुराउने वा राख्ने व्यवस्था गर्नुपर्ने  यौन तथा यौन उत्पीडन/शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने लगायत उल्लेख छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ३३ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट