युरोप पठाउने भन्दै श्रीलंकालीहरू काठमाडौंमा बन्धक, चार जना पाकिस्तानी पक्राउ « Khabarhub

युरोप पठाउने भन्दै श्रीलंकालीहरू काठमाडौंमा बन्धक, चार जना पाकिस्तानी पक्राउ


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि विभिन्न युरोपेली देश पठाइदिन्छु भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएको छ । यस घटनामा संलग्नताको आरोपमा चार जना पाकिस्तानी नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह रहेका छन्  ।

ती श्रीलंकाली नागरिकहरूलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देशमा पठाइदिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई उपत्यकाका विभिन्न स्थानमा रहेका होटलमा राखेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले पीडितको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लिएर जबरजस्ती बन्धक बनाई राखेका थिए ।

प्रहरीले बन्धक रहेका श्रीलंकाली नागरिकलाई बिहीबार सकुशल उद्धार गरेको छ । भने, पक्राउ परेका पाकिस्तानी उपर अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ४५ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६