युरोप पठाउने भन्दै श्रीलंकालीहरू काठमाडौंमा बन्धक, चार जना पाकिस्तानी पक्राउ « Khabarhub

युरोप पठाउने भन्दै श्रीलंकालीहरू काठमाडौंमा बन्धक, चार जना पाकिस्तानी पक्राउ


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि विभिन्न युरोपेली देश पठाइदिन्छु भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएको छ । यस घटनामा संलग्नताको आरोपमा चार जना पाकिस्तानी नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह रहेका छन्  ।

ती श्रीलंकाली नागरिकहरूलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देशमा पठाइदिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई उपत्यकाका विभिन्न स्थानमा रहेका होटलमा राखेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले पीडितको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लिएर जबरजस्ती बन्धक बनाई राखेका थिए ।

प्रहरीले बन्धक रहेका श्रीलंकाली नागरिकलाई बिहीबार सकुशल उद्धार गरेको छ । भने, पक्राउ परेका पाकिस्तानी उपर अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ४५ बजे

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगका लागि

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन