जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानव जातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन् । ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उनले बताए ।

विश्व ध्यान दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैँभित्रको भावना जागृत गराउने,  भ्रमबाट सत्य तथा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाउने साधना भएको बताए । उनले बुद्ध र बुद्धिज्म शान्तिका लागि विशेष महत्त्वपूर्ण विषय भएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराधजन्य कार्यमा संलग्न हुने, अरूलाई दुःख दिने कुरामा जोडिने मान्छे ध्यान साधनामा तल्लीन हुन नसक्ने बताए ।

सो अवसरमा नेपालस्थित चिनियाँ राजदूत छन् सोङले चीन र नेपालको सम्बन्ध हिमाल र नदीबाट मात्रै नभई बुद्ध र बुद्धिज्ममार्फत पनि जोडिएको बताए । उनले नेपाल बुद्धिज्मको मुहान भएको उल्लेख गर्दै प्राचीनकालदेखि नै नपाल र चीनको सम्बन्ध मैत्रीपूर्ण भएको बताए। अरनिको, भृकुटीजस्ता नेपालीहरू चिनियाँका पनि गौरव भएको उनको भनाइ थियो ।

राजदुत सोङले आधुनिक संसारमा मान्छेलाई शान्त र आनन्दका लागि लुम्बिनीबाट विशेष सन्देश प्रवाह गर्न सकिने बताए । लुम्बिनीको पर्यटन प्रवर्द्धनमा नेपाल र चीनको भातृत्व तथा साथीत्वको भावनाले थप मद्दत पुर्‍याउने उनको भनाइ थियो ।

लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावासको सहकार्यमा विश्व ध्यान दिवसको अवसर पारेर आज लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरको पवित्र उद्यान क्षेत्रमा भिक्षु, भिक्षुणी, अन्य सर्वसाधारणलगायतले ध्यान गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ३७ बजे

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु